अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

… त्यसबापत केपी ओलीले माफी माग्नुपर्छ

… त्यसबापत केपी ओलीले माफी माग्नुपर्छ


दुई ढाई वर्षमै धरहरा ठडयाउन पाइन्छ ?

चुच्चे नक्शा जारी गरी देशको सीमाना बढाउन पाइन्छ ?

रानी पोखरी किन बनाउनु पर्ने ?

नागढुंगा सुरुङ किन खनाउनु पर्ने ?

खाडीको पेट्रोल हुँदा हुँदै दैलेखमा खन्ने ?

धौबादीमा मजाले बसेको फलाम निकाल्छु भन्ने ?

हामीले यस्ता प्रश्नको जवाफ काफी माग्नुपर्छ

त्यसबापत केपी ओलीले माफी माग्नुपर्छ

मेलम्ची खानेपानी आयोजना पूरा किन गर्‍यो ?

समृद्ध नेपाल सुखी नेपालीको कुरा किन गर्‍यो ?

जान्ने भएर सामाजिक सुरक्षा भत्ता बढाउनु पर्ने ?

दुःखी गरीबका छोराछोरीलाई निःशुल्क पढाउनु पर्ने ?

देशभरका पालिकामा अस्पताल खोल्नु पर्ने ?

स्वरोजगार र गरीबी न्यूनीकरणको विषयमा बोल्नु पर्ने ?

हामीले यस्ता प्रश्नको जवाफ काफी माग्नु पर्छ

त्यसबापत केपी ओलीले माफी माग्नुपर्छ

किन भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गरेको ?

किन प्रमाणपत्र धितो राखेर ऋण दिनु परेको ?

किन भूकम्प पीडिका लाखौं घर बनाएको ?

किन विप्लव र राउतलाई युद्ध नगर्न मनाएको ?

किन पुलपुलेसा, बाटा घाटा र ढल बनाएको ?  

किन लुम्बिनी र गोदावरीमा ठुल ठूला सभा हल बनाएको ?

हामीले यस्ता प्रश्नको जवाफ काफी माग्नुपर्छ

त्यसबापत केपी ओलीले माफी माग्नुपर्छ

न श्रीमतीलाई पदक दिन मान्याछ

न जेठानलाई मन्त्री छान्याछ

न सुकूम्बासीलाई गोली हान्याछ

न कालो धन सेतो बनाऊन जान्याछ

खाली कोरोना खोप ल्याको छ मान्छेको कुम घोच्याछ

औषधी खाने समय बिर्सेर साथीहरुको अपमान नहोस भन्ने सोच्याछ

त्यो ओली सरकार, जनता बाहेक दलाल, माफिया, तस्कर, अवसरवादी, घूसखोरीको नजरमा चुकेको छ

हेरिस्यो त श्रीमान हजुरको परमादेशले आज हजूरकै अनुहारमा थूकेको छ ।