अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको अवधारणामा समृद्ध बाह्रविसे निर्माणको आधार

अध्यक्ष ओलीको अवधारणामा समृद्ध बाह्रविसे निर्माणको आधार

युद्धबिक्रम तामाङ (डिबी)


बाह्रविसे – पाँच वर्षपछि वैशाख ३० गते देशैभरी स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसका लागि हरेक पार्टीहरुले आफ्ना तर्फबाट उम्मेद्वारको सिफारिस गरिरहेका छन् । आफ्नो नगर गाउँलाई विकाशिल, सुखी र समृद्ध बनाउने हो भने उम्मेद्वार छनौट गर्ने बेलामा नै हरेक दलहरुले बिचार पुर्‍याउनु जरुरी छ । यहाँ प्राकृतिक रुपले सुन्दर र समृद्ध बाह्रविसेका लागि कस्तो नेतृत्व आवश्क छ भन्ने विषयमा चर्चा गर्न खोजिएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे जल, जंगल र जमिनको दृष्टिले उपयुक्त स्थल छ । राजनीतिक नेतृत्वले  यहाँको गरीबी र वेरोजगारी हटाउने मुख्य लक्ष्य राख्नु पर्दछ । त्यसो भएन बाह्रविसे समृद्ध नगरपालिका हुन सक्दैन । यसका लागि दृष्टिकोण स्पष्ट राख्न आवश्यक छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली  नेपालको राष्ट्रिय आकांक्षा सार्थक तुल्याउन बाह्रविसेमा जस्तै देशैभरि भिजिनरी नेृतत्व आवश्यक छ । त्यसका लागि युवा जोश र जाँगर भएको व्यक्त्ति आवश्यक छ । राजनीतिलाई व्यवसाय बनाएर स्वार्थ पूरा गर्ने भन्दा सेवाको भावना लिएर आउने व्यक्त्ति नै नगर प्रमुख हुनु अहिलेको आवश्यकता हो । एकातर्फ नेपाली काँग्रेसका नेता मोहनवहादुर बस्नेतको एकलौटी पाराको राजनीति छ । अर्कोतर्फ एमालेको वैचारिक धारको उपस्थिति छ  । यो नगर जनजातिको बाहुल्य भएको ठाउँ पनि हो । यहाँ तामाङ समुदायको बाक्लो उपस्थिति छ ।  केही समय अघि  बस्नेतले नै तामाङ समुदायलाई  हेयको भावना राखेर भाषण गरेका थिए । यसप्रति आम तामाङ, शेर्पा तथा जनजातीले आपत्ति जनाउनु आवश्यक छ । कोही एक व्यक्तिलाई गाली गर्ने नाममा सिङ्गो समुदायलाई नै हेप्ने भाषा बोल्ने यस्ता राजनीतिक नेताले त्यो वर्गको उत्थान कहिल्यै गर्न सक्दैन । त्यसकारण मोहन बस्नेत प्रबृत्तिलाई परास्त गर्न आवश्यक छ ।

स्थानीय निर्वाचन र बाह्रविसे

अघिल्लो स्थानीय निर्वाचनमा एमाले काँग्रेससँग थोरै मतान्तरले विजयी भएको हो । अहिले पनि पार्टी  नेतृत्वले सही निर्णय गर्ने हो भने बाह्रबिसेमा नेकपा एमालेको बिरासत कायम रहन्छ । अघिल्लो निर्वाचनमा पनि मोहन बस्नेतको वडामै एमालेबाट उम्मेदवार बनिरहँदा धेरै समस्यासँग जुध्नु परेको थियो । थोरै प्राविधिक कारणले निर्वाचनमा पराजय भोग्नु परेको यथार्थ सवैलाई थाह छ । मोहनकै वडामा उसैसँग लडेर एमाले स्थापित गर्नु मेरो लागि गर्वको कुरा पनि थियो । त्यसैलाई आत्मसात गर्दै नगर प्रमुख र उपप्रमुख बिजयी गराउने योजनामा दत्तचित्त भएर लागैकै हो । त्यो बिषय पार्टीमा पनि मुल्यांकन भएको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा   प्रमुख निमफुन्जो  शेर्पाले बचन पनि दिनुभएको थियो । अर्को पटक नगर प्रमुखमा म भिड्नु पर्ने उहाँको प्रस्ताव थियो । अहिले उहाँले सम्झाई पनि रहनु भएको छ । तर, केही साथीले नछोड्न भनेका कारण उहाँ दुबिधामा पर्नुभएको छ । आशा, छ उहाँले पुरानो बचन पुरा गर्नुहुने छ ।

बाह्रबिसेमा अराजक राजनीति

यहाँ नेपाली काँग्रेसको अराजक किसिमको राजनीति छ । मन्त्री भईसकेको व्यक्तिले अरु नेतालाई जथाभावी मुख छोडेर गर्ने भाषणले पनि त्यो अराजकताको पुष्टि गर्दछ । आफ्नो घर भित्रका मान्छे वाहेक अरुलाई माथि आउन नदिने मोहन बस्नेत प्रबृत्तिले यहाँ जरा गाडेर बसेको अवस्था छ । गुण्डागर्दी र अराजक प्रबृत्तिलाई मात्र साथ दिने प्रबृत्तिले बाह्रविसेको ईमान्दार काँग्रेस कार्यकर्ता पनि आजित भएका छन् । आफूजस्तै आफ्नो भाईलाई स्थापित गर्ने योजनामा रहेका बस्नेतले ईमान्दार कार्यकर्तालाई पाखा लगाएको उदाहरण धेरै छन् । यो अराजकताका बिरुद्ध नै म जस्ता युवाहरु अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । त्यसकारण मैले नगर प्रमुखमा उम्मेदावरी दावी गरेको छु । यस्तै प्रबृत्तिलाई बढावा दिदै स्थानीय सरकार काँग्रेसलाई सुम्पनु भनेको बाह्रबिसेबासी झनै पीडित हुनु हो । त्यसकारण बेलैमा बुद्धि पुर्याउनु आवश्यक छ ।  त्यसो त मोहन प्रबृत्तिको बिरुद्धमा रहेका काँग्रेसका ईमान्दार कार्यकर्ताहरुको रोजाइमा म पर्न सक्छु ।  मोहनको नातावाद र कृपाबादको पीडामा परेका धेरै काँग्रेस साथीहरुको सहानुभुती मैले पाउछु भन्ने लागेको छ  ।

जनजातीको बाहुल्य

मेलै जातीगत राजनीतिको कुरा गर्न खोजेको होईन । तथापि बाह्रबिसेमा जनजातिको बहुल्यता छ ।  त्यसभित्र पनि ४७ प्रतिशत तामाङ समुदायको बसोवास रहेको छ । त्यसो त तामाङ समाजको अध्यक्ष पनि भएको नाताले पनि त्यो भावना मसँग जोडिएको छ । भर्खरै मात्र पनि मोहन बस्नेतले मेयरज्यूलाई  जातीय विभेद हुने खालको अभिब्यक्ति दिएका थिए । त्यसमा बिरोध गर्ने यो समुदायका मानिस धेरै देखिए । यसले पनि मोहन प्रबृत्तिको पराजय निश्चित देखिएको छ । कुनै पनि जात सानो र ठूलो हुन्न । नेपालमा जातीय बिभेदको गरेमा कानुन लाग्छ । खासमा जसले जातीय विभेदको कुरा उठाउँछ उसलाई कानूनी कठघरामा उभ्याउनु पर्छ । मोहन बस्नेतलाई पनि यो लागू हुन्छ । त्यसकारण पनि यस्ता बिभेद हटाउन मैले प्रमुखमा उम्मेदवारी दिन आवश्यक देखेको छु । त्यसो त तामाङ समुदायमात्र होइन अन्य समुदायको पनि मैले उत्तिकै सम्मान गर्ने छु । सबै समुदायले मलाई सहयोग गर्नुहुन्छ । 

दृष्टिकोण नभएको काँग्रेस

देशकै अवस्था हेर्ने हो भने पनि काँग्रेस अहिले सत्तामा छ । उसलाई माओवादीले बोकेको छ । बिचार र दृष्टिकोण नमिल्ने काँग्रेस र माओवादी मिल्नु भनेको त्यो प्रधानमन्त्रीको कुर्सीमात्र हो । कुर्सी जोगाउन काँग्रेसका सभापति कमिन्युष्टसँग जुनसुकै सम्झौता गर्न तयार भएका छन् । ठीक त्यस्तै बाह्रबिसेमा पनि काँग्रेसको हालत उस्तै छ । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अहिले पनि काँग्रेसका नेताहरु हान्ने, ठोक्ने र पछार्ने बाहेक अरु भाषण गर्दैनन्  । त्यस्तै व्यक्ति नगर प्रमुखको उम्मेदवार बन्ने हल्ला सुनिन्छ । त्यस्ता ब्यक्तिले स्थानीय सरकार चलाउन पाए भने के गर्लान् ? सहजै अनुमान गर्न सकिन्छ ।

म आफ्नै व्यवसाय गरेर बसेको मान्छे हो । राजनीतिलाई सेवाभावमा परिणत गरेको छु । आर्थिक रुपमा म राज्यको दुरुपयोग गर्ने छैन । राजनीति गर्ने व्यक्तिको कुनै न कुनै पेसा चहिन्छ । म राजनीतिकर्मी मात्र होइन एउटा सफल युवा व्यबसायी पनि हो । त्यसैले मलाई राजनीतिकको खोल ओडेर राज्यको सम्पत्ति दुरुपयोग गर्नु पर्ने छैन ।

नेपाली काँग्रेसका प्रस्ताबित उम्मेदवारको न भिजन छ । न बिचार छ । न राजनीतिक ज्ञान छ  ।  नगरपालिकालाई कसरी उच्च   बनाउने भन्नेमा कुनै चासो छैन । म सम्मृद्ध नगरका बारेमा बहश गर्न आमन्त्रण गर्दछु ।  चरित्र हत्या गरेर सम्मृद्ध नगर सुखी नगरबासीको सपना देख्नेले कसरी नगर राम्रो बनाउँलान् ?  नगरपालिकाको शासन हातमा लिएर यहाँका स्रोत साधनलाई दुरुपयोग गर्ने योजना मात्र देखिन्छ । यस्ता प्रबृत्ति बिरुद्ध पनि हामी अघि बढ्न आवश्यक छ ।

नगरपालिका विकासका योजना

बाह्रबिसेलाई साँच्चै समक्ष नगरपालिका बनाउने हो भने धेरै काम गर्र्नै पर्दैन । यहाँको स्रोत साधनलाई सही प्रयोग गरेमात्र पनि पुग्छ । बाह्रबिसेमा पर्याप्त स्रोत साधन छ यसलाई प्रयोग गर्ने दृष्टिकोण मात्र आवश्यक छ ।  राजनीतिको नाममा र समाजसेवाको नाममा गरेको लगानी कसरी उठाउँने भन्ने सोच मात्र भएको काँग्रेसका नेता  र आसेपासेको सोचले समाज निर्माण हुनै सक्दैन । म मा कुनै स्वार्थ छैन  । म आफ्नै व्यवसाय गरेर बसेको मान्छे हो । राजनीतिलाई सेवाभावमा परिणत गरेको छु । आर्थिक रुपमा म राज्यको दुरुपयोग गर्ने छैन ।  राजनीति गर्ने व्यक्तिको कुनै न कुनै पेसा चहिन्छ  । म राजनीतिकर्मी मात्र होइन एउटा  सफल युवा व्यबसायी पनि हो । तेसैले मलाई  राजनीतिकको खोल ओडेर राज्यको सम्पत्ति दुरुपयोग गर्नु पर्ने छैन । समाज र  राष्ट्रको लागि नै बाँकी जीवन बिताउने योजनामा छु । राजनीतिलाई पेशा हैन सेवाको रुपमा लिनु पर्ने मेरो धारणा हो । बेरोजगार युवालाई नगर भित्र रोजगारी सिर्जना गर्ने खास योजना आवश्यक छ ।  कृषिमा आधुनिकिकरण गरेर आत्मनिर्भर बन्नु अहिलेको आवश्यकता हो । माटो सुहाउने  ब्यबहारिक शिक्षा, निशुल्क स्वास्थ र शिक्षा, उत्कृष्ट अनि सक्षम सीप भएको  जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता हो ।  बिभिन्न विकसित देशको स्थानीय निकायको अवस्था देखेको मान्छे भएका कारण पनि यहाँ परिवर्तन गर्न सकिन्छ भन्ने योजना छ । बाह्रविसेको प्राकृतिक उपजलाई प्रयोग गर्न मात्र योजना आवश्यक छ । नेपालको प्रमुख आयस्रोत  जलस्रोत हो । अझ यहाँ बाट बग्ने भोटेकोशी नदीकै प्रयोग बाट पनि नगरको मुहार फेर्न सकिन्छ ।

(लेखक नेकपा एमाले सिन्धुपाल्चोकका सचिवालय सदस्य हुनुहुन्छ)