अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

देशभर १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता


काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि आइतबार साँझ ८ बजेसम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा २९२१, वडा सदस्यमा ३३३८, महिला सदस्यमा १५७६, दलित महिला सदस्यमा १२०३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिनु भयो । उम्मेदवारी दिनेमध्ये ३५०६ जना महिला छन् ।

निर्वाचन आयोगले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने भएको छ ।