आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७६ वडाका वडाध्यक्ष र सदस्य गरी ४०० पदका लागि सो उम्मेदवारी दर्ता भएको हो।
जिल्लाका १० स्थानीय तहका विभिन्न पदका लागि एक हजाार ११ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन सङ्खुवासभामा प्रमुख जयप्रकाश बस्नेतले जानकारी दिनुभयो । खाँदबारी नगरपालिका नगरप्रमुखका लागि स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो । खाँदबारी नगरपालिका पाँच दलीय गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा ९माओवादी० केन्द्रका दिव्यराज बरालले मनोनयन दर्ता गराउनुभएको छ ।
नगरप्रमुखका लागि नेकपा ९एमाले० बाट जीतबहादुर घिमिरे, नगर उपप्रमुखमा महेश्वरा श्रेष्ठको मनोनयन परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोचार्का हेमकुमार गुरुङ, जनता ९समाजवादी० पार्टीका सीताराम तिम्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रवीन कार्की, सुदिप गुरुङ र खड्गबहादुर दमाइँले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।
त्यस्तैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हीरादेवी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट मैया तिम्सिनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । ११ वडा रहेको खाँदबारीमा ५७ पदका लागि १४१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै चैनपुर नगरपालिकाको नगर प्रमुखमा ४ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ । ११ वडा रहेको नगरपालिकामा ५७ पदका लागि १३४ जनाको उम्मेदवारी परेको छ। धर्मदेवी नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा ३/ ३ जनाको उम्मेदवारी परेको छ । ९ वडा रहेको यस नगरपालिकामा ४७ पदका लागि १०७ जनाको उम्मेदवारी परेको छ ।
पाँचखपन नगरपालिका नगर प्रमुखमा २ स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी परेको छ । उप प्रमुखमा १ स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी दर्ता भएको छ । ९ वडा रहेको पाँचखपनमा ४७ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । मादी नगरपालिका नगर प्रमुखमा १ स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी परेको छ ।
उपप्रमुखमा चार जनाको उम्मेदवारी परेको छ । मादीका ४७ पदका लागि ११० जनाको उम्मेदवारी परेको छ । त्यस्तै चिचिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा चार–चारसहित ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । भोटखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा तीन–तीन जनाको उम्मेदवारी परेको छ । भोटखोलामा २७ पदका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।
जिल्लाकै सबै भन्दा ठूलो मकालु गाउँपालिका अध्यक्षमा २ स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा १ स्वतन्त्रसहित ६ जनाको उम्मेदवारी परेको छ । ६ वडा रहेको मकालुमा ३२ पदका लागि १०१ जनाको उम्मेदवारी परेको छ । सभापोखरी गाउँपालिका अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा १ स्वतन्त्रसहित ३ जनाको उम्मेदवारी परेको छ ।
६ वडा रहेको सभापोखरीमा ३२ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ । सिलिचोङ गाउँपालिका अध्यक्षमा १ स्वतन्त्रसहित ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ। ५ वडा रहेको सिलिचोङमा २७ पदका लागि ७४ जनाको उम्मेदवारी परेको छ । गत स्थानीय तहको निर्वाचनमा एमालेले पाँच र कांग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेका थिए ।







प्रतिक्रिया