अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव आयो कि मिटू ! चरित्र हत्याको प्रयास गरिन्छ: अध्यक्ष ओली

चुनाव आयो कि मिटू ! चरित्र हत्याको प्रयास गरिन्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मिटु’ अभियान ल्याउने गरिएको टिप्पणी गर्नु भएको छ ।

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मिटुको कुनै जवाफ नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चुनाव आयोकी मिटु आउँछ । यस्ता बेलामा चरित्र हत्याका कुरा आउँछन् । मिटुको के जवाफ हुन्छ ? हामी यस्ता कुरामा होइन महान् विषयमा अगाडि बढेका छौं।’

अध्यक्ष ओलीले काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको बताउनु भयो । तर चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै उहाँले भन्नुभयो, ‘अनेक कुप्रचार आउँछ, भ्रमपूर्ण प्रचारलाई निस्तेज पार्नुपर्छ ।’

एमाले अध्यक्ष ओलीले महिलाहरुको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको सम्मानमा एमाले जति सजग अरु कोही नभएको दाबी समेत गरेका छन् ।