अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हरिगोविन्दको पक्षमा टिकाथलीमा पनि उस्तै माहौल

हरिगोविन्दको पक्षमा टिकाथलीमा पनि उस्तै माहौल


काठमाडौं– नेकपा एमालेको पक्षमा महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथलीमा पनि उस्तै माहौल देखिएको छ ।

निरन्तर नेकपा एमालेले विजयी हासिल गरिरहेको टिकाथली क्षेत्रमा नगर प्रमुखका उम्मेदवार हरिगोविन्द श्रेष्ठ, उपप्रमुख बिना सुवेदी केसी, वर्तमान नगर प्रमुख रामेश्वर श्रेष्ठ, वडाध्यक्षका उम्मेदवार राजकुमार सिल्वाल सहितको उपस्थितिमा आज भएको घरदैलोमा उत्साह देखिएको हो ।

महालक्ष्मीमा प्रचारको नेतृत्व गर्नुभएकी एमाले नेतृ सुवर्ण श्रेष्ठले टिकाथली क्षेत्रमा देखिएको उत्साहले एमालेको विजय कसैले रोक्न नसक्ने बताउनुभयो ।

वडा नम्बर ५ वर्तमान मेयर रामेश्वर श्रेष्ठको गृह वडा पनि हो ।

वडाध्यक्षका उम्मेदवार राजकुमार सिल्वालले अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि भारी मतका साथ विजयी हुनुभएको थियो ।

नगर प्रमुखका उम्मेदवार हरिगोविन्द श्रेष्ठले घरदैलोमा एमालेप्रति र एमालेका उम्मेदवारप्रति स्थानीयको न्यानो माया र स्वागतले आफू उत्साहित भएको बताउनुभयो ।

एमालेले बुधबार वडा नम्बर ६ मा घरदैलो गर्ने कार्यक्रम छ ।