अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसमै प्रभावशाली भनिएका मोहन बस्नेतसँग अनवरत भिडिरहेका निमफुञ्जो शेर्पा

कांग्रेसमै प्रभावशाली भनिएका मोहन बस्नेतसँग अनवरत भिडिरहेका निमफुञ्जो शेर्पा


निमफुञ्जो शेर्पा

बाह्रविसे नगरपालिका, नगर प्रमुखका उम्मेदवार, सिन्धुपाल्चोक

देश संघीय संरचना अन्तर्गत स्थानीय तहको पुर्नसंरचना भइरहेको थियो । त्यो बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरकारका प्रवक्ता थिए । देउवाको खास पात्रको पहिचान बनाएका बस्नेतले आफ्नो गृहनगर सिन्धुपाल्चोकको बाह्रविसेलाई नगरपालिका बनाउने लबिङ गर्नुभयो । सवैको सहमतिमा बाह्रविसे नगरपालिका बन्यो । भौगोलिक हिसाबमा र भौतिक संरचनाका हिसाबमा नगरपालिका बन्ने आधार कमै रहे पनि तत्कालीन सत्ता साझेदार र प्रतिपक्षी एमालेको सहयोगमा बाह्रबिसे नगरपालिका बन्यो । तत्कालीन सात गाउँ विकास समिति सम्मिलित गरेर नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिका निर्माणका क्रममा पनि तत्कालीन सत्ताको आडमा बस्नेतले आफू अनुकुल हुने गरेर गाउँ विकास समिति मिलाएका थिए । नेपाली कांग्रेसको प्रभुत्वरहेका गाविस मिलाएर पहिलो नगरपालिकामा पहिलो पटक नेपाली कांग्रेसको नगरप्रमुख बनाउने उनको योजना अनुरूप सात गाविस मिलाइएको थियो । करीब एक हजार मत अघि रहेको निष्कर्र्षसहित बस्नेतले बाह्रबिसे नगरको अवधारणा अघि सारेका थिए । र, सो अनुरूप संरचना निर्माण गर्न बस्नेत सफल भएका थिए ।

जब नयाँ संरचनापछि पहिलो स्थानीय निर्वाचन भयो । बस्नेतको योजना नेकपा एमालेका स्थानीय नेता निमफुञ्जो शेर्पाले फेल खुवाइ दिए । बस्नेतको योजनामा निर्माण भएको नगरपालिकाको पहिलो प्रमुख निमफुञ्जो शेर्पा बन्नु भयो । एक हजार मतान्तरले जित्ने योजना राखेको कांग्रेसका उम्मेदवार दुई सय हाराहारी मतमा पराजित भए । बस्नेतकै भाइ बालकृष्ण बस्नेतले नगरमा पराजय भोगेपछि सुरू भएको बस्नेत र शेर्पाको टसल निक्कै बढेको छ । आफूलाई नेपाली कांग्रेसका प्रभावशाली नेताको रूपमा परिचय गराउने मोहन बस्नेत अहिले नेकपा एमालेका स्थानीय नेता निमफुञ्जो शेर्पासँग रस्साकस्सी गरिरहेका छन् ।

काम गर्ने बेला हरेक समय अवरोध आयो । तर, त्यसलाई पन्छाउँदै विकासको रेखा कोरेको छु । अब पनि नगरप्रमुख बनेर मैले बनाएको विकासको योजनालाई पूर्णता दिनेछु ।’

पछिल्लो स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा बस्नेत र शेर्पाको टसल सतहमा देखिएको छ । निर्वाचन प्रचारका क्रममा बस्नेतले तुच्छ गाली गरेपछि त्यसको केही दिनमा नै शेर्पाले बस्नेतलाई पनि सोही प्रकारका जवाफ फर्काएको विषयमा सामाजिक सञ्जालमा निक्कै भाइरल बनेको थियो । आफूलाई केन्द्रीय नेताको पहिचान दिने बस्नेतले सुरू गरेको गाली बस्नेतलाई नै अभिषाप बनेको धेरैको विश्लेषण छ । पढेलेखेको बस्नेत जो केन्द्रीय मन्त्री भइसकेका छन् उहाँले स्थानीय तहका नेता शेर्पालाई गरेको गालीले बस्नेतकै हैसियत उदाङगो भएको धेरै विश्लेषण छ । त्यसकारण पनि शेर्पाको जवाफी गालीपछि बस्नेतले त्यो स्तरको गाली गर्न छोडेका छन् ।

हुनत बाह्रबिसे नगरपालिका कांग्रेसका केन्द्रीय सदस्य बस्नेतका गृहनगर हो । यहाँ बस्नेतको ‘हाइट’का अन्य दलका नेता छैनन्। तर, उहाँलाई भर्खरै मात्र एमालेका बागमती प्रदेशका सदस्य बनेका निमफुञ्जो शेर्पाले त्राहीत्राही बनाइरहेका छन् । बस्नेतसँग भीड्ने बेला शेर्पा कसैको साहार खोज्दैनन् । आफू सामान्य अवस्थाकै रहेपछि अन्यायको विरुद्ध लड्न कसैसँग सौदावाजी नगर्ने शेर्पाको भनाइ छ । नगरप्रमुख बनेपछि पनि अल्पमतमा रहेका शेर्पाको टीमलाई काम गर्न बस्नेतले निक्कै भाँजो हाले । पटक पटक निर्णय प्रकृयामा अनाश्वयक किचलो हुन थालेपछि उनै कांग्रेसका वडा सदस्यलाई हात लिएर शेर्पाले पाँच वर्ष सम्पन्न गरे । शेर्पा भन्नुहुन्छ्, ‘काम गर्ने बेला हरेक समय अवरोध आयो । तर, त्यसलाई पन्छाउँदै विकासको रेखा कोरेको छु । अब पनि नगरप्रमुख बनेर मैले बनाएको विकासको योजनालाई पूर्णता दिनेछु ।’

अहिलेको स्थानीय तहको निर्वाचनमा पनि पुरानै दुई उम्मेदवारबीच भिडन्त भएको छ । शेर्पाका विरुद्ध बस्नेतका दाजुभाइ लागेका छन् । तर, शेर्पाले हिम्मत हारेका छैनन् । बस्नेतको सपना चकनाचुर पार्ने घोषणा गरेका छन् । शेर्पाले भन्नुभयो्, ‘उनीहरू गुण्डाको रूपमा आउँछन् भने म पनि महागुण्डा बनेर निस्कन्छु । राजनीतिक रूपमा आए सोही अनुसार ‘टयाकल’ गर्छु ।’ त्यसो त यहाँ माओवादी केन्द्रको पनि उपस्थिति छ । तर, तेस्रो शक्तिका रूपमा रहेका माओवादीका केन्द्रीय सत्ताझै नेपाली कांग्रेसँगै कुरा मिल्छ । तथापि, मोहन बस्नेतकै एक काकाको छोरा पनि माओवादीको तर्फबाट नगरप्रमुखको रूपमा उम्मेदवार छन् ।

शेर्पाले सामाजिक सञ्जालमा मतमाग्दै लेख्नु भएको छ्, ‘सपना जसले देख्छ पूरा उसैले गर्छ । बाह्रबिसे निर्माणको सपना देख्ने पहिलो व्यक्ति म हुँ । मैले देखेको सपना पूरा गर्ने मेरै दायित्व हो । एक कार्यकाल नगरप्रमुख बनेर राखेको विकासको जगमा धुरी मार्ने काम मैले गर्नु पर्दछ । स्पष्ट बहुमत नहुँदा आँटेको काम पूरा गर्न नसकेको पक्कै हो । सम्मृद्ध बाह्रबिसे निर्माणका पक्षमा मसँग धेरै योजना अझै छ । अहिले त्यसको प्रारुप मात्र कोरिएको छ । त्यो प्रारुप पूरा गर्न मेरो नेतृत्व पुनः आवश्यक हुन्छ। अर्को कुनै व्यक्ति आएमा पुनः शून्यबाट काम सुरू गर्नु पर्दछ । शून्यमा पुग्दा बाह्रबिसेले पाँच वर्ष त्यसै गुमाउने छ । त्यो समय वर्वाद गर्न दिन हुन्न ।’