इटहरी – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएर बाडीचुडी खान नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा गएको बताउनु भएको छ ।
अध्यक्ष ओलीले वडामा एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको समेत दाबी गर्नुभयो । गठबन्धन टालाटुली जोडेर बनाएको पुतली मात्रै हो यसको कुनै उद्देश्य छैन।
अध्यक्ष ओलीले कुनै उद्देश्य बिनाको पार्टी र उमेदवारलाई सरकारमा नपुर्याउन मतदातालाई आग्रह गर्नु भयो । ओलीले गठबन्धन गरेर सरकारमा जान बाँडीचुँडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताउनु भयो ।
उहाँले भन्नुभयो यस्तो उदेश्य बोकेको गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले इटहरीको विकासको जिम्मा आफूले लिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तपाइँहरु याम सुब्बा र सङ्गिता चौधरीलाई तपाईंको प्रतिनिधि बनाउनुहोस् । उहाँहरु मेरो प्रतिनिधि हो ।’
नेपाली कांग्रेसको घोषण पत्रमा मान्छे देखिन्छ रे एमालेको घोषणा पत्रमा विकास देखिने अध्यक्ष ओलीले बताउनु भयो । गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले खाएर चुसेर ढाडिएकाहरु गठबन्धन बनाएर हिँडेको दाबी गर्नु भयो ।
उहाँले भन्नुभयो कांग्रेसको जिउमा भन्किएका झिँगा धपाउन माओवादी र एकीकृत समाजवादी झम्के पछ्यौरी बनेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले काङ्ग्रेस सत्तामा हुँदा कुनै काम नगरेको बताउनु भयो ।







प्रतिक्रिया