अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाठो हुँदा डुब्ने गतिमा दाहाल–नेपाल

बाठो हुँदा डुब्ने गतिमा दाहाल–नेपाल


स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । ३० वैशाख २०७९ मा देशैभर भएको निर्वाचनमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरु एमाले एक्लैसँग चुनावी मैदानमा उत्रिएका थिए ।

प्रारम्भिक नतिजा अनुसार पाँच वटा राष्ट्रिय दल सँग एक्लै भिडेको एमालेले उत्साहजनक नतिजाहरु हात पारिरहेको छ । अग्रता कांग्रेसको बढी भए पनि पहिलो दिनको जीत रेकर्ड एमालेको नाममा नै छ ।

आज साँझसम्मको परिणामअनुसार एमालेले ६ स्थान जित्दै पहिलो स्थानमा छ भने कांग्रेस ३, नेकपा एकीकृत समाजवादी २ र नेकपा माओवादी केन्द्रले एक स्थानमा जीत हासिल गरेका छन् ।

प्रारम्भिक मतगणना परिणामअनुसार कांग्रेसभन्दा एमाले झण्डै ५० स्थानमा पछाडि छ । अन्तिम नतिजा आउँदासम्म तलमाथि हुने निश्चित छ ।

एमालेलाई राष्ट्रिय सभामा जस्तै रोक्न गठबन्धन बनाएर उत्रिएका सत्तारुढ दलहरुको तालमेल एकाध बाहेकका ठाउँमा सफल नहुने संकेत देखिएको छ ।

खासगरी तालमेलमा कांग्रेस उम्मेदवार भएका ठाउँमा अग्रता रहे पनि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका उम्मेदवारले कांग्रेसको मत नपाएको निश्चित छ ।

अझ धुलिखेलमा मेयरका उम्मेदवारको लाजमर्दो मत, जनकपुरधाम, धुलिखेलमा कांग्रेसका बागीको अग्रता, भरतपुरमा कांग्रेस बागीको मत, काठमाडौं महानगरको उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवारको मत हेर्दा सोझा भनिएका शेरबहादुर देउवाले बाठा कम्युनिष्ट नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई नराम्ररी धक्का दिएका छन् ।

स्थानीय तहको नतिजासँगै संघीय र प्रादेशिक चुनावमा जान खोजेको गठबन्धनलाई रणनीति फेर्ने दबाब बढ्ने देखिएको छ ।

इटहरी, ललितपुर, विराटनगर, हेटौंडा लगायतका ठूला सहरमा पनि गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादी चिप्लिने निश्चित भएको छ ।