अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न आत्तिनु

न आत्तिनु


न आत्तिनु नमात्तिनु
कुरा अर्कै छ
राजनीतिमा हुर्केको
बेथिति चर्कै छ
कहाँनेर मेल खाएन सिद्धान्त
व्यवहार रुखो घरकै छ
बुढो युवा भन्दैन राजनीति
कुराको चुरो अर्कै छ ।।

मात्तिने आत्तिने
रोग लाग्यो बहुदलमा
बालेन बने बिम्ब
कुरा चर्कै छ ।

दाम र कामको बेमेल
जन्मिदैछन् बालेन
झुण्ड बन्छन् अर्बपति
श्रम सधैं अधोगति
हेर्नुस् त कत्राकत्रा चिल्ला गाडी
हिजो कता कता थिए
आज मन्त्रीको पिए
आज अवस्था अर्कै छ
निर्वाचनमा नमस्कार
जितपछि तिरस्कार
कुरा चर्कै छ
सिद्धान्त बुबुरो
कुरा गर्नु ब्यर्थै छ
न आत्तिनु नमात्तिनु ।।

दलीय हावापानी
छिनछिनमा बदलिन्छ
मतदान गर्ने अघिल्लो रात
गरिबको गाउँघर
जाँडरक्सीमा घोलिन्छ
मोलमोलाइ कसिन्छ
राजनीतिमा हुर्केको
बेथिति चर्कै छ ।
बेथिति चर्कै छ ।।
२०७९/०२/०१