अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर २ मा निवर्तमान वडाध्यक्ष पोखरेल निर्वाचित

विराटनगर २ मा निवर्तमान वडाध्यक्ष पोखरेल निर्वाचित


विराटनगर – विराटनगर महानगरपालिका २ को वडाध्यक्षमा निवर्तमान वडाध्यक्ष कुमार पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

उहाँ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी सोही वडाको अध्यक्षमा विजयी बन्नुभएको हो । ५ बर्से कार्यकालपछि पुनः उम्मेदवार बनेका पोखरेलले दोस्रोपटक पनि वडाको नेतृत्व गर्ने अवसर पाउनुभएको हो ।

राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गर्दै पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेलले १३३४ मत ल्याउँदा सुरानाले १२८३ मत मात्रै ल्याउन सक्नुभयो । यसअघिको निर्वाचनमा पनि पोखरेल र सुरानाबीच नै वडाध्यक्षमा प्रतिस्पर्धा भएको थियो। २०७४ सालमा स्वतन्त्रबाट उम्मेदवार रहेका सुराना अहिले भने राप्रपाका उम्मेदवार हुनुहुन्छ ।

१९ वटा वडा रहेको विराटनगर महानगरको हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ। विराटनगर–१ र २ को गणना मंगलबार बिहान सकिएको हो। १६, १७, १८ र १९ को सोमबार नै सकिएको थियो।

मतगणना सकिएका वडामध्ये १, २ र १९ मा एमाले, १६ मा कांग्रेस, १७ मा जसपा तथा १८ मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्। विराटनगर–१ मा काजीबहादुर बस्नेत, १६ मा उद्धव भुजेल, १७ मा समीर कमर मियाँ, १८ मा जितेन्द्रकुमार साह र १९ मा श्याम घिमिरे वडाध्यक्ष बन्नुभएको छ ।