अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकमा तीनदिन पछि अग्रता लिंदै एमालेकी गीता अधिकारी

दमकमा तीनदिन पछि अग्रता लिंदै एमालेकी गीता अधिकारी


दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनलाई पछाडि पार्दै एमाले अघि बढेको छ । वडा नं ८ को मतगणनामा एमालेकी गीता अधिकारीले १हजार ७ सय ९१ मत ल्याउदा महागठबन्धनका राम थापाले १ हजार ४ सय ९८ मत ल्याउनुभएको छ । हालसम्म गणना भएका १,२,३,९,१० र ८ को अन्तिम परिणाम अनुसार गीता अधिकारीले १० हजार ७ सय ९३ मत ल्याउनु भएको छ । महागठबन्धनका राम थापाले १० हजार ६ सय ७० मत ल्याउनुभएको छ । अधिकारीले थापालाई १ सय २३ मतले पछि पार्नुभएको छ । विहानसम्म १५ मतले अघि रहेका थापालाई गीताले पछाडी छाड्नु भएको हो ।
यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालले वडा नं ८ बाट १हजार ५ सय ९३ मत ल्याउनु भएको छ भने महागठबन्धनकी रेगिना प्रसाईंले १ हजार ५ सय ५५ मत ल्याउनुभएको छ । हालसम्म खनालले १० हजार ५ सय ४३ मत ल्याउनु भएको छ भने प्रसाईंले १० हजार ३ सय ६२ ल्याउनुभएको छ । दुईदिन देखि प्रसाईंको अग्रताले दबाब रहेका खनाल ३८ मतको अग्रतमा हुनुहुन्छ ।
अब वडा नं ७ को मतगणनाले यो नतिजालाई फेरी एकपटक तलमाथी पार्ने दमकका राजनीतिकर्मीहरु बताउछन् ।