अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इतिहास निर्मम हुन्छ, इतिहासले माफी दिँदैन : शंकर पोखरेल

इतिहास निर्मम हुन्छ, इतिहासले माफी दिँदैन : शंकर पोखरेल


काठमाडौं – लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता शंकर पोखरेलले दलीय व्यवस्थामा दलबाट निर्वाचित भएका जनप्रतिनिधि दल प्रति जिम्मेवार हुनु पर्ने बताउनु भएको छ ।

मंगलबार प्रदेश सभा बैठकमा बोल्दै नेता पोखरेलले अहिले जनप्रतिनिधिले दर र कानून दुवै कुरालाई नमानेको बताउनुभयो । सत्ता पक्ष जिम्मेवार नहुँदा लुम्बिनी प्रदेश सभा बैठक लामो समय अवरुद्ध भएको पोखरेलले बताउनुभयो । कानूनी विषय कानुनी लडाइँको रूपमा रहने र राजनीति विषय जनताको बीचमा लैजाने गरी एमालेले प्रदेश सभाको अवरोध हटाएको उहाँले प्रष्ट पार्नुभयो ।

सत्ता पक्ष कानून, दलीय व्यवस्था प्रति जिम्मेवार नभएको उहाँले प्रष्ट पार्नुभयो । सरकार विधि, पद्धति अनुसार नचलेको उहाँले बताउनुभयो ।

उहाँले शक्तिको आडमा जित्न सकिने भए पनि इतिहासले भने प्रश्न गर्ने बताउनुभयो । ‘इतिहास निर्मम हुन्छ,इतिहासले माफी दिँदैन’, उहाँले भन्नुभयो ।

उहाँले सरकार र प्रदेश सभाका सभामुखलाई इतिहासले प्रश्न नगर्ने गरी काम गर्न पनि सुझाव दिनुभयो । एमाले एक कदम पछि हटेर प्रदेश सभा बैठक सुचारु गर्न दिएको उहाँले जानकारी दिनुभयो ।