अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रमविरुद्ध कडा रूपमा प्रस्तुत हुन सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नीति तथा कार्यक्रमविरुद्ध कडा रूपमा प्रस्तुत हुन सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिनुभएको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिनुभएको हो । ‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भन्नुभयो, ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’

बैठकमा अध्यक्ष ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गर्नुभएको थियो । संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उहाँले सबैलाई आग्रह गर्नुभएको थियो । बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताउनुभयो ।