काठमाडौं – निर्वाचन आयोगले अहिले ४:३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका सन्दर्भमा जानकारी गराउन आज अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।
आयोगले सूचना जारी गर्दै प्रमुख आयुक्त र आयुक्तहरुको उपस्थितिमा पत्रकार सम्मेलन हुने जानकारी गराएको छ। चुनावको मिति तोकिएसँगै आयोगले मतदाता नामावली स्थगित गर्नेदेखि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ।




प्रतिक्रिया