अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय सरकारविरुद्ध धर्नामा बस्दै मधेश प्रदेशका सरकार

संघीय सरकारविरुद्ध धर्नामा बस्दै मधेश प्रदेशका सरकार


धनुषा – मधेस प्रदेश सरकार प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूले संघीय सरकार विरुद्ध धर्ना दिएका छन् ।

मधेश भवन परिसरभित्र रहेको प्रदेश प्रमुखको कर्यालयअगाडि उनीहरू धर्नामा बसेका हुन्।

मुख्यमन्त्री राउतले २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको प्रहरी समायोजन ऐन कार्यान्वयन ढिलाइ हुनुले थुप्रै आशंका जन्मिएको बताउनु भयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, ‘प्रहरी बिनाको सरकारको कल्पना गर्न सकिँदैन । संघ सरकारलाई दबाब दिन हामी ४ वर्षअघि नै प्रहरी ऐन बनायौं । त्यसै दबाबमा संघ सरकारले पनि प्रहरी समायोजन ऐन ल्याएको पनि साढे दुई वर्ष बित्न लागेको छ । प्रहरी समायोजनका लागि प्रधानमन्त्रीदेखि सबै दलका शीर्ष नेताहरूलाई ध्यानकर्षण गरायौं । तर पनि कार्यन्वयनमा आनाकानी भइरहेको हुँदा बाध्य भएर आन्दोनलमा उत्रिनु परेको छ ।’

पहिलो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आइतबार सुरु भएको धर्ना प्रदर्शन एक सातासम्म दिनहुँ बिहान ११ बजेदेखि १ बजेसम्म हुने प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरत प्रसाद साहले बताउनु भयो ।

भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, गृह तथा संचारमन्त्री भरत प्रसाद साह, खानेपानी तथा उर्जामन्त्री ओमप्रकास शर्मा, कानून मन्त्री प्रमोद यादव, गृह तथा संचार राज्यमन्त्री रुबी कर्ण, जसपा प्रमुख सचेतक शैलेन्द्र यादव, प्रदेश सभा सदस्य चमेली देवी दास, प्रमिला दास, सरस्वति चौधरीसहित धर्नामा बसेका छन्।