धादिङ-पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिमटार खण्डमा सोमबार तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ चितवनको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन बन्द हुने जानकारी गराएको हो।
निर्माण कार्यका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै निर्धारित समयसम्म उक्त स्थान भएर सवारीसाधन सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ।
कार्यालयले सवारी चालक तथा सडक प्रयोगकर्तालाई उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियम तथा सडक अनुशासन पालना गर्न आग्रह गरेको छ।



प्रतिक्रिया