अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङ काँग्रेसका जिल्ला सदस्य बस्नेत सहित २७ जना काँग्रेसका क्रियाशिल नेताहरु एमाले प्रवेश

मोरङ काँग्रेसका जिल्ला सदस्य बस्नेत सहित २७ जना काँग्रेसका क्रियाशिल नेताहरु एमाले प्रवेश


विराटनगर- नेपाली काँग्रेसका मोरङ जिल्ला सदस्य गोपाल बस्नेतको नेतृत्वमा ४ जना नेताहरु एमाले प्रवेश गरेका छन् । हिजो मिक्लाजुङ मा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष ऋषी पोखरेलले उनीहरुलाई एमाले प्रवेश गराउनु भएको हो । नेपाली काँग्रेसको बिचार,सिद्धान्त र कार्यशैलीबाट जनताले राहात नपाउने निष्कर्ष निकाल्दै उनीहरुले आफ्नो राजनीतिक भविष्यका लागि एमालेलाई रोजेको बताएका छन् । एमाले प्रवेश गर्नु केही दिन अघि उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटघाट गरेका थिए ।


बस्नेतसँगै गाउँपालिकाका पूर्व सभापति शेरबहादुर बस्नेत पनि एमाले प्रवेश गर्नुभएको छ । त्यसैगरी तिलबिक्रम बोहोरा,हरी बहादुर बोहोरा,टेक बहादुर बस्नेत लगायत एमाले प्रवेश गरको छन् । अध्यक्ष ऋषी पोखरेलले नव प्रवेशीहरुलाई पार्टीले क्षमताका आधारमा उचित जिम्मेवारी दिने बताउनुभएको छ ।