अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआइसी एशिया बैंकका सेयरधनीले कमाए सबैभन्दा बढी

एनआइसी एशिया बैंकका सेयरधनीले कमाए सबैभन्दा बढी


काठमाडौं – एनआइसी एशिया बैंकका सेयरधनीले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आम्दानी गरेका छन् ।

यो वर्ष लगानीकर्ताले एक सेयर बराबर ३९ रुपैयाँ १३ पैसा आम्दानी गरे जुन अघिल्लो वर्षको तुलनामा १० रुपैयाँले बढी हो । अघिल्लो वर्ष १८ रुपैयाँ १८ पैसा प्रति सेयर आम्दानी थियो ।

बैंकका अधिकांश सुचकमा आकर्षक बृद्धि छ । अन्य बाणिज्य बैंकको तुलनामा एनआइसीको आधारभूत  पक्ष बलियो देखिएको छ ।

एनआइसीको दोस्रो बजारमा ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता सेयर सुचिकृत छ । यसको ७६ अर्ब बढी बजार पुँजीकरण रहेको छ ।

बैंक पनि साथी पनि नाराका साथ अघि बढेको यस बैंकले आक्रामक व्यवसाय विस्तार गरिरहेको छ । बैंकले अहिले मुद्दती निक्षेपमा आकर्षक योजना समेत अघि सारेको छ ।