अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाँड खाएर मरेकाको शालिक बनाए, युद्धमा मरेकाको नामै छैन : अध्यक्ष ओली

जाँड खाएर मरेकाको शालिक बनाए, युद्धमा मरेकाको नामै छैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सिध्याउन भनेर हिडेको माओवादी केन्द्रको नाममा केही भन्नु बाँकी नरहेको बताउनु भएको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले माओवादी केन्द्र कम्युनिष्ट सिध्याउन नेपाली कांग्रेसको पछि लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘माओवादीको के कुरा गर्ने ? स्वाँस्वाँ फवाँफवाँ गर्दै कांग्रेसलाई पछ्याएर हिडेको छ ।’

माओवादीले शहीद, घाइते र अपाङ्गहरु बिर्सिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘महान जनयुद्ध भन्थ्यो, १७ हजार मरे। कति अंगभंग भए । युद्धमा होमिएका युवाहरु आज कहाँ छ, अपाङ्गहरु कहाँ छ के गर्दै छन् ? ’

अध्यक्ष ओलीले नेताका आफन्त जाँड खाएर मरेपनि शालिक बनाइएको, तर युद्धमा मारिएकाहरुको नामै नभएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘माओवादीको के कुरा गर्नु जाँड खाएर मरेकाको शालिक बनाएका छन् । युद्धमा मरेका त कुनै हिसाब छैन। कुनै ठूलाको आफ्ना चाहिं जाँड खाएर मर्दा पनि शालिक ठड्याए। युद्धमा मरेकाको नाम नै छैन, हिसाबकिताब नै छैन। को थियो, कहाँ थियो । त्यस्तो माओवादीको के कुरा गर्नु ?’