अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग एक्लै भिड्ने हिम्मत कांग्रेसको छैन : केपी शर्मा ओली

एमालेसँग एक्लै भिड्ने हिम्मत कांग्रेसको छैन : केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सहाराबिना उभिनै नसक्ने अवस्थामा पुगेको बताउनु भएको छ ।  

केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले अन्य दलसँग मोर्चाबन्दी गरेको कांग्रेसबारे यस्तो टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष ओली भन्नुभयो, ‘नेपाली कांग्रेस एक्लै त उभिनै नसक्ने भयो। ढोडको लौरोबिना उभिनै नसक्ने भयो भनेको थिएँ, अस्पतालमा उपचार गर्दाको फोटो राखेर मलाई कमजोर भएको देखाएछन् । कांग्रेस लुलो भयो, अब एक्लै उभिन सक्दैन। एक्लै त अखडामा पस्नै सक्दैन। अरूसँग बस्ला तर एमालेसँग कांग्रेस अखडामा बस्नै सक्दैन। एमालेसँग भिड्ने हिम्मत गर्न सक्दैन । ५/७ वटा साथीको पाखुरा नसमाती हिँड्न सक्दैन। विचार शून्य छ। भोलि उठी कहाँ जाने भन्ने थाहा छैन ? आज कहाँ जाने थाहा छैन।’

एमालेले राम्रो काम गर्न लाग्यो भनेर गठबन्धन बनाएर रोक्न खोजेको बताउनु भयो । कांग्रेसले प्रजातन्त्र छाडेर गठबन्धनभन्दा बाहिर सोच्न छाडेको दाबी गर्नुभयो । गठबन्धनका शीर्ष नेताको ध्यान जहान परिवारभन्दा बाहिर नभएको समेत बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै झूटको सहारा लिएको आरोप उहाँले लगाउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले प्रचण्डले सबै छाडेर कम्युनिष्ट सिध्याउँछु भनेर कांग्रेससँग हिँडेको छ ।  माओवादीलाई जनताले चिनिसकेकाका छन् ।’