अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाविरुद्ध इतर समूहको ‘खबरदारी सभा’ काठमाडौंमा

देउवाविरुद्ध इतर समूहको ‘खबरदारी सभा’ काठमाडौंमा


काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेको छ।

इतर समूहनिकट रहेका भ्रातृ संगठनका नेताहरुले आज राष्ट्रियसभा गृहमा ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेका हुन्।

नेपाल विद्यार्थी संघ नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि हुनुहुन्थ्यो । सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला पनि सहभागी थिए।  

सोही कार्यक्रममा  १४औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उममेदवारहरुसँगै नेविसंघ, तरुण दलका पूर्व अध्यक्ष, नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। यद्यपि, समूहको नेतृत्व गर्दै आएको डा.शेखर कोइराला र १४ औँ महाधिवेशनमा इतर समूहबाट पदाधिकारीमा विजयी भएका नेताहरुको भने उपस्थिति थिएन।

पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध खबरदारी गर्न सभा आयोजना गरिएको पनि एक नेताले बताए ।

खबरदारी सभाको संयोजन तरुण दलका नेता निराजन थापाले गर्नुभएको थियो ।