अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा ३ का जनताले सूर्यमा भोट दिन पाउनुपर्छ : दुर्गा प्रसाईं

झापा ३ का जनताले सूर्यमा भोट दिन पाउनुपर्छ : दुर्गा प्रसाईं


बनियानी – नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सुर्यमा भोट खसाल्न पाउनुपर्ने बताउनु भएको छ ।

झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा बोल्दै उहाँले यहाँका जनतालाई हलो र गाई भन्दै अन्यौलमा पार्न नहुने बताउनु भयो । सुर्यमा भोट खसाल्न पाउनुपर्ने जनताको माग रहेको उहाँको भनाई थियो ।

बिएण्डसीका संचालक समेत रहेका प्रसाईले मंसिर ४ को चुनावमा झापा ३ का जनताले सुर्यमा मतदान गर्न पाउनुपर्ने बताउनुभयो ।

झापा ३ मा एमालेको उम्मेदवारका रुपमा चर्चामा रहेका प्रसाईले आफू उम्मेदवार भए पनि नभए पनि यस क्षेत्रको दुखमा सधै उपस्थित हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले झापा ३ मा एमाले बिजयी हुने कुरामा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।