अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीमा पम्फा भुसालसहित पाँच जना उपाध्यक्ष

माओवादीमा पम्फा भुसालसहित पाँच जना उपाध्यक्ष


काठमाडौं – नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

नेताहरुका अनुसार बिहीबार नै बस्ने बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । माओवादी स्रोतका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।