अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा र ठाकुरबीच भेटवार्ता

देउवा र ठाकुरबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुको बीचमा भेटवार्ता भएको हो ।

भेटमा नागरिकता विधेयक, सरकार र चुनावी गठबन्धनका विषयमा छलफल भएको बताइएको छ । लोसपाका नेता केशव झाले प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच चुनावी गठबन्धनका विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले शुक्रबार फेरि दुवै नेताका बीचमा थप छलफल हुने जानकारी दिनुभयो।