अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको दोस्रो दिन : चुलाचुलीदेखि स्कूलचौन सम्म

अध्यक्ष ओलीको दोस्रो दिन : चुलाचुलीदेखि स्कूलचौन सम्म


झापा- तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पनि विभिन्न कार्यक्रममा व्यस्त रहनुहुनेछ ।

आज इलामको चुलाचुलीबाट अध्यक्ष ओलीको दौडधूप सुरु हुनेछ । चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउनुहुनेछ ।

दिउँसो १ बजे एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उद्घाटन तथा भेटघाट कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । अपरान्ह ३:३० बजे गौरादह ५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।

साँझ ५ बजे पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुने उहाँका सांसद प्रतिनिधि एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।