अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार किन सुन्दैन जनताका कुरा ? अब एमालेको सरकार बनाउनुपर्छ : अध्यक्ष ओली

सरकार किन सुन्दैन जनताका कुरा ? अब एमालेको सरकार बनाउनुपर्छ : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन सरकारले जनताका कुरा नसुन्ने बताउनु भएको छ ।

नेपाल स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीको तेस्रो अधिवेशनलाई शनिबार झापामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

औपचारिक, अनौपचारिक सबै वर्ग, क्षेत्र र समुदाय, मानवीय विकास, रोजगारीको अवसर, शिक्षा, स्वास्थ्यको लागि एमाले सरकार आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।

‘एमालेको सरकार हामी यस पटक निश्चित रूपमा बनाउँछौँ, चाहे गठबन्धन जोसुकैले गरुन्, जेसुकै गरुन्’, ओलीले भन्नुभयो, ‘गठबन्धनमा जनता सामेल छैनन्, गठबन्धनमा नेता मात्रै छन्।’

सत्ता गठबन्धन विकासविरोधी आपराधिक भएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनताले भ्रष्ट नेताहरूको आपराधिक गठबन्धनलाई अस्वीकार गर्छन् । देशको अहितमा, देशविरुद्ध निर्माण गरिएको प्रगतिविरोधी, विकासविरोधी, मजदुर किसानविरोधी, गरिवविरोधी, सुकुम्वासीविरोधी यस गठबन्धनलाई पराजित गरेर एमालेको सरकार बनाउनु पर्दछ।’