अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा ग्याङ फाइट,१० जना घाइते

विराटनगरमा ग्याङ फाइट,१० जना घाइते


विराटनगर- विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ ।
पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।उनीहरू राजवंशीको समूहका हुन् ।