अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ ! : बालेन साह

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ ! : बालेन साह


काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्।

३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन)सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो ।

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुभएको छ । 

संरचना भत्काएपछि बालेनले फेसबुकमा लेख्नुभएको छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’

अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’