अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसक्यो : चोलेन्द्र जबरा

महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसक्यो : चोलेन्द्र जबरा


काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । बुधवार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा जबरासँग बयान लिएको हो ।

उहाँले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको बताउनुभएको छ । महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उहाँले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताउनुभएको हो ।

‘यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना गरिनएन’ उहाँले भन्नुभयो, ‘यो प्रस्ताव निष्क्रिय भइसकेको छ । उहाँले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित भएको बताउनुभयो ।

उहाँले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताउनुभयो ।