काठमाडौं – सभामुख अग्नि सापकोटाको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले मोहनबहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ।
पाँच दलीय गठबन्धन भए पनि कुनै हालतमा अरुलाई नछाड्ने अडानमा रहेका बस्नेतको नाम कांग्रेस निर्वाचन क्षेत्र नम्बर १ कार्य समितिले उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो।
अब उहाँको नामलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले थप निर्णयसहित माथिल्लो कार्य समितिमा पठाउने भएको छ।
क्षेत्रीय कार्य समितिले प्रतिनिधिसभा समानुपातिकतर्फ सिद्धबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ।
प्रदेशसभातर्फ १ क को प्रत्यक्ष भने समितिले ११ जनाको नाम सिफारिस गरेको छ। प्रदेश सभा १ (ख) मा प्रत्यक्षतरफ ९ जनाको नाम सिफारिस भएको छ।
प्रतिक्रिया