काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाडौं आइपुग्नु भएको छ । उहाँ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको हो ।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाण्डे नेपाल आउनु भएको हो ।
पाँच दिने भ्रमणमा जनरल पाण्डेले सैनिक मञ्च टुंडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण र प्रधानसेनापति शर्मासँग छलफल हुने बताइएको छ।
त्यस्तै, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रमसमेत हुने बताइएको छ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता हुने बताइएको छ ।







प्रतिक्रिया