अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस


काठमाडौं– न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

न्याय परिषदको मंगलबार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा. डा. डीएन पराजुलीको नाम सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये नीता गौतम दिक्षीत उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक पराजुली नेपाल ल क्याम्पसका प्रमुखसमेत हुन् ।