अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप २३० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप २३० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ र एक हजार ८८० एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ  

पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ । त्यस्तै, हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ६५ हजार २०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।