अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिका चार सभापतिद्वारा शपथ

संसदीय समितिका चार सभापतिद्वारा शपथ


काठमाडौं – राष्ट्रिय सभाअन्तर्गतको चार वटा संसदीय समितिका सभापतिहरूले शपथ लिनु भएको छ । चारजना नवनियुक्त सभापतिले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती) ले शपथ लिनु भएको हो ।