काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपालको बागमती प्रदेशस्तरिय प्रथम अधिवेशन तथा भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । शुक्रबार भक्तपुरको इम्पेरियर पार्टी प्यालेसमा हुने युवासंघ बागमति प्रदेशको प्रथम अधिवेशन तथा प्रदेशस्तरिय निर्वाचन परिचालन भेलालाई ओलीले सम्बोधन गर्ने भएका हुन् ।
बागमति प्रदेशको अधिवेशन गर्न र मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि युवासंघका नेता तथा कार्यकर्ता परिचालन गर्न भेला बोलाइएको एमाले नेता महेश बस्नेतले बताए ।








प्रतिक्रिया