अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास बारे सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला हो : विष्णु पौडेल

विकास बारे सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला हो : विष्णु पौडेल


रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनु भएको छ ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘विकास सिक्न, बुझ्न र चिन्न रुपन्देही उपयुक्त पाठशाला भएको छ । यो कुनै व्यक्तिले भनेको विषय होइन । तथ्यांकले देखाएको विषय हो ।’

बुटवलमा आज आयोजित कानून विद्यार्थी समाज कालिकाको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले अरुले कल्पना नगरेको विकास रुपन्देहीबाट सुरु भएको दाबी गर्नुभयो । रुपन्देहीलाई भौतिक पूर्वाधारको विकाससँगै मुलुकको शैक्षिक केन्द्रको रुपमा विकास गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अरु कसैले कल्पना नगरेका विकास निर्माणका काम हामीले अघि बढाएका छौं । भौतिक पूर्वाधारको विकासले मात्र होइन मानवीय विकासका हिसाबले पनि रुपन्देहीलाई पहिलो बनाउँछौं।’