अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो


चेङ्दु – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको छ भने ३० जना अझै बेपत्ता छन्।

बिहीबार दिउँसोसम्म मृत्यु हुनेमध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३८ जना यान सहरका रहेको  बताइएको छ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा  सोमबार भूकम्प गएको हो। – रासस