अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफूलाई कालो झण्डा देखाउनेलाई रिहा गर्न अध्यक्ष ओलीको आग्रह

आफूलाई कालो झण्डा देखाउनेलाई रिहा गर्न अध्यक्ष ओलीको आग्रह


जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नु भएको छ ।

आज जनकपुर पुग्नुभएका अध्यक्ष ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

जनकपुरमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले कसैले गलत सूचना दिएका भरमा उनीहरु कालो झण्डा देखाउन आएको भन्दै रिहा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म प्रहरी प्रशासनलाई भन्न चाहन्छु, उनीहरुलाई तत्काल रिहा गर्नुस् ।’