काठमाडौं-चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । आज बिहान लीले अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्याक्रम रहेको छ ।
यस्तै लीले आजै संघीय संसद् भवन नयाँ बानेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम छ । यस्तै आजै दिउसो परराष्ट्रमन्त्री डा नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ताको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अध्यक्ष लीले आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर अध्यक्ष लीले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नुहुनेछ । सभामुख सापकोटाको निमन्त्रणामा नेपालको चार दिने भ्रमणका क्रममा आइपुग्नुभएका अध्यक्ष ली चिनियाँ कम्युनिष्ट पार्टीको दोस्रो तहका शीर्ष नेता हुनुहुन्छ ।







प्रतिक्रिया