अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज काठमाडौंका यी स्थानमा हुनेछ सवारी आवागमन प्रभावित

आज काठमाडौंका यी स्थानमा हुनेछ सवारी आवागमन प्रभावित


काठमाडौं-काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान पौने ९ देखि दिउँसो साढे ४ बजेसम्म काठमाडौं उपत्यकामा सवारी आवागमन प्रभावित हुने छ ।

ट्राफिक प्रहरीका अनुसार बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वरदेखि तिनकुने क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ । यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ३ बजे रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड क्षेत्रमा सवारी आवागमन प्रभावित हुने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको सुरक्षाका लागि सवारी आवगमनमा कडाई गरिएको बताइएको छ ।