अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र चिनियाँ सभामुख लीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ सभामुख लीबीच भेटवार्ता


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान अध्यक्ष ओलीसँग सभामुख लीले भेटवार्ता गरेका हुन् ।

भेटमा एमालेबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागीता रहेको छ । ओलीसँगको भेटवार्तापछि लीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै लिले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले हिजो सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए भने आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए ।