अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निराश प्रचण्ड : लाखौँको भीडमा पनि एक्लो महसुस हुँदैछ

निराश प्रचण्ड : लाखौँको भीडमा पनि एक्लो महसुस हुँदैछ


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं-करोडौं मानिसका बीचमा रहेपनि अहिले आफूलाई एक्लो महसूस हुन थालेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पलपलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले आफु एक्लो भएको महसुस हुन थालेको बताउनुभयो ।

प्रचण्डले आफुहरु मन्त्री, प्रधानमन्त्री र माननीय भएको र भौतिकरुपमा सुरक्षित रहे पनि जीवनको बोध हुन छाडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौं ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गर्नुभयो।

प्रचण्डले आजभोलीको मात्र दिनचर्या हेर्ने हो भने आफूलाई आननदको अनुभूति हुन छाडेको बताउनुभयो । उहाँले आजभोली आफु जीवनको महान व्यीक्त हुँ भन्न लाग्न छाडेको बताउनुभयो ।

प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थ उत्खन हुन नसकेको बताउनुभयो ।  

प्रचण्डले कार्यकर्ताको बिचमा जीवन प्रतिकै निराश व्यक्त गर्नुभयो । विगतको अनुभूतले मात्र वर्तमानमा बचाइरहेको उहाँले सुनाउनुभयो । अहिलेको जीवनमा गर्व बोध गर्ने ठाउँ काहीँ नभएको उहाँले बताउनुभयो। ‘लाखौँ, करोडौँ मानिसका बिचमा छौँ, तर एक्लो अनुभूत हुन्छ’ प्रचण्डले थप निराशा व्यक्त गर्नुभयो ।

प्रचण्डले युद्ध, शान्ति सम्झौता र गणतन्त्रसँग सम्बन्धित हजारौँ यथार्थमा आधारित पक्षहरू रहेका बताउनुभयो । ‘यसको जुन स्तरबाट उत्खनन हुनुपर्ने हो, त्यसको अन्वेषण हुनुपर्ने हो, समाजमा स्थापित हुनु पर्ने हो, त्यस्तो हुन सकेको छैन, एकदमै कम मात्रै भएको छ’, कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो ।

मानिसले मानिस भएर जन्मिएपछि जीवनलाई कसरी व्यतीत गर्ने भन्नेसँग सम्बन्धित कुराको गहिराइमा पुग्न नसकेको उहाँले बताउनुभयो । शान्तिको महत्त्व युद्धमा सहभागीलाई जति गहिरो गरी थाहा हुन्छ, अरूलाई हुँदैन’, प्रचण्डले  भन्नुभयो ।