काठमाडौं-महाभियोग सिफारिस समितिको बैठक बस्ने भएको छ । आज विहान ९ बजे बस्ने बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्नेबारे निर्णय लिने भएको हो ।
समितिमा जबरासँग पूरक प्रश्न सोध्नेबारे विवाद भएको छ । यसबारे आवश्यक निर्णय गर्न आज बैठक बस्न लागेको हो । मंगलबार बसेको बैठकमा जबरालाई प्रश्न सोधि सकेको छ । जबरालाई पाँच दिनमा ४२ प्रश्न सोधिएको हो ।
गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।







प्रतिक्रिया