अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ नेता लीको सवारीले काठमाडौं उपत्यकाका सडक प्रभावित हुने

चिनियाँ नेता लीको सवारीले काठमाडौं उपत्यकाका सडक प्रभावित हुने


काठमाडौं-काठमाडौं उपत्यकाका सडक आज पनि प्रभावित हुने भउका छन् । चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुको सुरक्षाका लागि भन्दै काठमाडौं उपत्यकामा सवारी आगावन प्रभावित हुने भएको हो ।

बिहान ९ बजेदेखि नै उपत्यकामा सवारी प्रभावित हुने छ । बिहान ९ बजे चिनियाँ प्रतिनिधिमण्डलले भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नेछन् । यस्तै लीले आज दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्दैछन् ।

उनी भक्तपुरस्थित दरबार क्षेत्रमा बिहान जाने भएकाले बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यस्तै साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

भीभीआईपी सवारीको कारण विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै महानगरीय ट्राफिक महाशाखाले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।