काठमाडौं-जापान उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । जापानको नारिताका लागि गएराति ११ बजे उडेको आरए ४३३ नम्बरको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ हो ।
उक्त जहाजमा १ सय ८४ यात्रु रहेको जनाइएको छ । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।







प्रतिक्रिया