काठमाडौं-बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालएका अनुसार दिउसो १ बजेसम्मका लागि बैठक स्थगिगत गरिएको हो ।
अब बैठक संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।







प्रतिक्रिया