अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटर व्याजबाट पीडित जनतालाई सरकारले लाठ्ठी चार्ज गर्‍यो : देवेन्द्र दाहाल

मिटर व्याजबाट पीडित जनतालाई सरकारले लाठ्ठी चार्ज गर्‍यो : देवेन्द्र दाहाल


काठमाडौं – नेकपा एमालेका सांसद् देवेन्द्र दाहाल मिटरब्याजी पीडितहरुमाथिको दमन रोक्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद् दाहालले मिटरब्याजी पीडितमाथिको दमन तत्काल रोक्न सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याजीहरुले जनतालाई खुलेआम रुपमा ठगी गरिरहेको कुरा आएको छ । तर न्याय माग्न गएकाहरुलाई पीडितलाई सरकारले उल्टै लाठीचार्ज गर्यो । पीडितहरुको आवाज सुन्नुको साटो सरकारले उनीहरुलाई नै दमन गर्ने काम गरिरहेको छ, यस्तो काम अविलम्ब रोकियोस्, म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

सांसद् दाहालले देशभर सिटामोलको अभाव भइरहेको भन्दै तत्काल सिटामोल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।