अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-चीनबीच भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान राष्ट्रपतिको आग्रह

नेपाल-चीनबीच भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान राष्ट्रपतिको आग्रह


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई नेपाल–चीनबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लानका लागि आग्रह गर्नुभएको छ ।  

शीतल निवासमा बुधबार आयोजित शिष्टाचार भेटवार्तामा  राष्ट्रपति भण्डारीले दुई मुलुक बीच हालसालै भएका सम्झौताहरुलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने बताउनुभयो । 

राष्ट्रपतिले नेपाल एक चीन नीतिमा अडिग रहेको उल्लेख गर्नुहुँदै चीनले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरिनुभयो।

भेटकाक्रममा  अध्यक्ष लीले नेपालतर्फका केरुङ र तातोपानी नाकाहरु तत्काल सञ्चालन हुने जानकारी दिनुभयो  । अध्यक्ष लीले राष्ट्रपति भण्डारीको नेतृत्वमा महिला सहभागिताका लागि नेपालले हासिल गरेको प्रगति अनुकरणीय रहेको उल्लेख गर्दै यसबाट विश्वले सिक्नु पर्ने बताउनुभयो ।उहाँहरुबीच बुधबार दिउँसो ४ देखि ५ बजेसम्म भेटवार्ता भएको थियो ।