काठमाडौं- सरकारसँग तीन बुँदे सहमती भएसँगै पेट्रोल ढुवानी व्यवसायीको आन्दोलन फिर्ता भएको छ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र पेट्रोल ढुवानी व्यवसायी महासंघका पदाधिकारीबीच भएको छलफलमा तीन बुँदे सहमति भएको हो।
सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ ।
तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।
यस्तै पेट्रोल ढुवानी व्यवसायी महासंघ पनि आन्दोलन फिर्ता लिएर आजैदेखि आपूर्ति सहज बनाउन सहमत भएको छ।








प्रतिक्रिया